प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बसिरहेको छ । सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन् ।
कोशी प्रदेशमा सत्ता गठबन्धनले सरकार बनाउने तयारी गरिरहेको छ। सत्ता गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
त्यहाँ सरकार गठनका लागि आह्वान भएको पाँच दिनको समयसीमा आज सकिँदैछ।
