नेपालभाषाको चलचित्र “तिबः” को शुटिङ्ग हाल अमेरिकामा भइरहेको छ। रवि सायमिको निर्देशनमा निर्माण भइरहेको चलचित्रको कथा अनुसार अमेरिकामा शुटिंङ्ग भइरहको हो भने शुटिंङ्ग अन्तिम चरणमा पुगेको छ।

अमेरिकामा भइरहेको शुटिङ्गको निर्देशन रोशनलाल श्रेष्ठले गर्नुभएको हो भने अमेरिकामा भएको शुटिंगको सम्पूर्ण जिम्मा दी हिमालयन भाइब्सले लिएको हो । दिवाकर धौभडेल, मिला श्रेष्ठ, रवि शाक्य, ललिता महर्जन, जयम्बु रंजित तथा मार्केन्देय मान सिंह प्रधानले उक्त चलचित्रमा अभिनय गर्नु भएको छ भने फिल्म निर्माण तथा ब्यबस्थापन समूहमा निर्देशक श्रेष्ठसहित जिम श्रेष्ठ, मिली अमात्य, रमा महर्जन र सिता श्रेष्ठ छन् ।

चलचित्र आउँदो दशैआसपास प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ ।

