अग्रज गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीत ‘मतिनाया संसार’ सार्वजनिक भएको छ। काठमाडौंको सिटीसी महलमा भएको कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द गायक तुलाधरको नै रहेको छ भने संगीत तथा संगीत संयोजन बिरेन कुमार शाक्यले गरेका छन् ।
यस गीतको म्युजिक भिडियोमा नेवा:सुपर स्टारका विजेता रुपेन श्रेष्ठ ,रेजिना सुवाल र भोगेन्द्र मानन्धरको प्रस्तुति रहेको छ। नेपाल भाषाका चर्चित निर्देशक सुरेन्द्र तुलाधरको दृश्य सम्पादन र निर्देशन रहेको म्यूजिक भिडियोमा छायांकन भने रबि गुभाजु र रमेश बोहराले गरेका छन् ।
यस अघि जुजुभाई तुलाधरको गीत ‘लक्का पठ्ठा’ले निकै चर्चा पाउन सफल भएको थियो। गीत सार्वजनिक गरिएको कार्यक्रममा वरिष्ठ निर्देशक तथा लेखक प्रकाश सायमी,वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, गायक जुजुभाई तुलाधर र निर्देशक सुरेन्द्र तुलाधरले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
