भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो।
काठमाडौं उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु भएको छ। सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिने छ। काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि…