बालेनलाई सडक विभागको चेतावनी : न्यूरोडको सडक दुई दिनभित्र बनाइदिनू

सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ ’ भनी विभागले महानगरलाई काटेको पत्रमा अल्टिमेटम दिएको छ।

‘कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्नरनगराउनु हुन भनी अनुरोध गरिएतापनि मिति २०६१।०१।१२ मा विना सहमति न्यूरोड स्थित जुद्ध शालिक इन्द्रचोक सडक खण्डमा तहांबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को वर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१।०२।१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन,’ विभागले महानगरलाई काटेको पत्रमा भनिएको छ ।

संघीय सरकार अन्तरगत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाउँदै आएको छ। आफ्नो मातहतको सडक घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको डिभिजन कार्यालयले अनुमति नदिएपछि दुई निकायबीच टकराव उत्पन्न भएको छ।