नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

काठमाडौं। घरेलु टोली नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ। योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ।

भारतले लिग चरणमा ३-२ को सेटमा हार बेहोरेको थियो। बुधबार उक्त सेटलाई उल्टाउँदै भारतले २-३ को सेटमा जित निकाल्दै बदला पूरा गरेको हो।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।