काठमाडौं। स्पेनले २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरेबियामाथि ४–० को सानदार जित दर्ता गरेको छ।
प्रतियोगिता सुरु हुनुअघि उपाधिको प्रमुख दाबेदार मानिएको स्पेनले अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेर निराश बनाएको थियो। तर‚ यसपटक लामिन यमलले खेलको १०औँ मिनेटमै गोल गर्दै स्पेनलाई अग्रता दिलाए।
विश्वकपमा यो उनको पहिलो गोल हो। त्यसपछि मिकेल ओयार्जाबालले २१ र २औं मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्चित गरे। साउदीका हसन अल ताम्बाक्तीको आत्मघाती गोलले स्पेनको जितलाई अझ फराकिलो बनायो।
यो जितसँगै स्पेनले समूह चरणमा बलियो पुनरागमन गरेको छ। अब स्पेनले समूहको शीर्ष स्थान हासिल गर्ने लक्ष्यसहित उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
