५० वर्ष अगाडिको वरिष्ठ गायक जुजुकाजी रंजितले गाउनु भएको नेपाल भाषाको “ नाप च्वने मदुसां ” गीत पुनः नयाँ संस्करणमा राजीव युगल श्रेष्ठको स्वरमा सार्वजनिक भएको छ ।
हरिबहादुर रंजितको मौलिक सङ्गीतमा रहेको यस नेपाल भाषाको गीत कालजयी गीतको रुपमा स्थापित गीत हो।
हिजो बिश्वोज्योती सिनेप्लेस् जमलमा एक समारोह बिच गरिएको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्य ,यस गीतका मौलिक गायक जुजुकाजी रंजित,वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल,इलोहं प्रकाशनका प्रबन्ध निर्देशक दर्शनवीर शाक्यको उपस्थितमा यस गीत सार्वजनिक भएको थियो।
यस गीतको निर्देशक दर्शनवीर शाक्यले म्युजिक भिडियो निकै पृथक ढंग प्रस्तुत गरिएको हेर्न सकिन्छ। गीतमा किशोर चिपालु र रबिना तुलाधरको बिजोड अभिनय हेर्न सकिन्छ ।
यस म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन दर्शनवीर शाक्यले गरेको थियो भने यसको सम्पादन तथा छायाङ्कन भने मनोज रत्न शाहीले गरेका छन्।
कार्यक्रममा प्रिमियर भए लगत्तै उक्त गीत इलोहं प्रकाशन युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला
