‘मखं त्वा: या ग्वा:’ सार्वजनिकः भिडियाेसहित

राेजमान महर्जन र निशा देशारबाट स्वरबद्ध नेपालभाषाको अर्को गीत ‘मखं त्वा: या ग्वा:’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको गीत ‘मखं त्वा: या ग्वा:’ मा गायक रोज मन महर्जनको नै संगीत र शब्दमा रहेको छ। यस म्यूजिक भिडियो निर्देशन भने आशुतोष बाराहीले गरेका छन् l

म्यूजिक भिडियोमा वर्तमान समयमा लोकप्रिय कलाकारहरु मनोज महर्जन ,सृष्टि श्रेष्ठ ,जेनिश शाक्य ,अर्पण तामांग ,नितेश तन्दुकर ,आयुष महर्जन ,किम्सों महर्जन, इरा महर्जन ,संजना महर्जन ,आशुतोष बाराहीले अभिनय गरेका छन् भने कोरियोग्राफी इरा महर्जनले गरेका छन् ।

गीतको छायाङ्कन न्हुज शाक्य र दृश्य सम्पादन आशुतोष बाराहीले गरेका छन् । गीतका शब्दहरुमा काठमाडौंको मखन टोलको पानको कुरा लाई उजागर गर्न खोजिएको छ ।

यस जोडीले बिगतमा पनि नेपालभाषाको निकै चर्चित गीतहरु सालुगु गाचा ,ऐला लुवया , माया मदुला बजारमा ल्यासकेका छन्। यो म्यूजिक भिडियो राेजमान महर्जनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।