पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
ढुंगानाले सभामुखको हैसियतमा गरेको भूमिकाको उच्च कदर गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज शोक बिदा दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
हतारहतार आजै शोक बिदा किन ?
यो प्रश्न जनताको तर्फ बाट सरकारका प्रवक्तालाई । तर यो निर्णय सार्वजनिक हुँदा कर्मचारीहरुमा अलमल देखियो । के गर्ने के नगर्ने सेवाग्राही पनि अलमल। सरकारी कर्मचारीहरु कार्यालयमै पुगिसकेका थिए । विद्यालयहरु त बिहानैदेखि खुलिरहेकै थिए । बैंकलगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो । तर, आज बिहान सरकारले एक्कासी देशभर सार्वजनिक बिदा दिने निर्णय गर्यो । जसले गर्दा सबै लाई काममा लगाउने कि खुलेका कार्यलय बन्द गरेरै भए पनि सरकारको निर्णय मान्ने भन्ने अन्यौल देखिन्थ्यो ।
अधिकांश निजी विद्यालयहरु भने ढिलो प्राप्त सूचनाका कारण खुलै रहेका छन् ।
