नेपाल संबत नव बर्ष राष्ट्रिय समारोह समिति ११४५ का सदस्यहरुले थिमि स्थित नेपाल संबतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको अवलोकन गर्नु भएका छन् । समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा गतः शुक्रबार थिमि स्थित उक्त प्रतिष्ठानको अवलोकन गरेका हुन् ।
शंखधर प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले अवलोकन टोलीलाई स्वागत गर्नु भई शंखधर प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको विविध क्रियाकलापका बारेमा जानकारी पनि दिनुभएको छ ।
अध्यक्ष श्रेष्ठले प्रतिष्ठानको कार्यालयभित्र शंखधर सम्बन्धि लघु संग्रहालयको समेत अवलोकन गराउनु हुँदै शंखधर सम्बन्धि सक्दो प्रचार प्रसार सामाग्री र ऐतिहासिक महत्वका सामाग्रीहरु संकलन गरिरहेको जानकारी पनि दिनुभएको थियो ।
नव वर्ष समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले शंखधर प्रतिष्ठानलाई सरकारी स्तरमा अगाडि बढाउनु पर्ने बिचार ब्यक्त गर्नुहुँदै प्रतिष्ठानसँग सहकार्य गरी आगामी दिनमा काम गर्ने विचार राख्नु भएको छ ।