गणपतिलाल श्रेष्ठ पर्यटनमन्त्री हुदै ,चार जेनजी मन्त्री थपिँदै

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ लाई दिने तयारी भयको छ। साथै जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् ।

गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । प्रधानमन्त्री निकट अर्को एक स्रोतले भने टासीको नाममा प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरिरहेकी छिन् ।

सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज बुलन्द गर्दै आएका छन् ।