येंया ( इन्द्रजात्रा )मा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा ) मा शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि बिषय र जात्रालाई ब्यबस्थित गरि सम्पन्न गर्ने बारे भिभिन्न गुठि , सामाजिक संग सस्था संग प्रहरी निकाय बीच डांक चोक  हनुमानढोकामा छलफल सम्पन्न भएको छ।

इन्द्रजात्र ब्यबस्थापन समिति ,जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा मंगलबार भएको कार्यक्रममा जात्रहुने स्थान काठमाडौँ महानगर पालिकाको भित्रि शहर ( माथिल्लो र तल्लो टोल )का २९ वटा गुठि , सामाजिक संग सस्था र प्रहरी निकाय बीच जात्रा ब्यबस्थापनका बारेमा बृहत छलफल भएको हो ।

नेपाल प्रहरीले यस वर्षको इन्द्रजात्रालाई सुरक्षित ढंगले सम्पन्न गराउन सबै तयारी पूरा भएको जनाएको छ ।

शनिबार काठमाडौंको हनुमानढोकामा इन्द्रजात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि अपनाउनुपर्ने शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन सम्वन्धी अन्तरक्रियामा नेपाल प्रहरीले जात्राका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी प्रमुख अतिथि-प्रहरी बरिष्ठ उपरीक्षक श्री विश्व अधिकारीले दिनु भयो।

जात्रामा झैझगडा हुन नदिन उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिनुका साथै जात्रा हुने ठाउँमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउन आवश्यक तयारी अधिकारी भनाइ छ । अन्तरक्रियामा इन्द्रजात्रा व्यवस्थापन समिति, इन्द्रजात्रामा निकालिने सबै देवताका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधि सहभागी भएका थिए ।

आगामी बिहिबार इन्द्रध्वजोत्थान गरेपछि ७ दिनसम्म मनाइने जात्रा विधिबत रुपमा शुरु हुनेछ । जात्रा अवधिमा विभिन्न स्थानमा कुमारी, भैरव, गणेशको रथयात्राका साथै विभिन्न देवीदेताका नाँचहरु प्रदर्शन गर्ने गरिन्छ ।

महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री विश्व अधिकारीले सभ्य एवं भव्य बनाई त्रुटि रहितढंगले जात्रा मनाउन सबैमा आग्रह गर्नु भयो । साथै उहाले प्रहरीले सेवा ग्राहीलाइ दिने सेवामा छिटो छरिटो बनाइने गरि आफ्नो मतहका सबै कार्यालयहरुलाइ निर्देशन दिइ सकेको बताउनु भयो ।