वेल वीस हेल्थ केयर हस्पतालको आज उद्घाटन भएको छ । शनिबार आयोजित एक कार्यक्रममा डा. सुदिप श्रेष्ठ ( क्यान्सर रोग विशेषज्ञ ) नेपाल क्यानसर हस्पतल हरिसिद्धिका प्रमुखकाे प्रमुख अतिथित्यमा उद्घाटन भएको थियो। कार्यक्रममा विशेष अतिथिको रुपमा वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) नेपाल च्याप्टरका अध्यक्ष रमेशमान मुनिकारको उपस्थित रहेको थियो।
उक्त कार्यक्रम वेल वीस हेल्थ केयर हस्पतालका संचालक अध्यक्ष सभापती सुरेश राज शाक्यको सभापतित्वमा भएको थियो। कार्यक्रम हस्पिटल सम्बन्धी भिडियो लोकार्पण पनि भएको थियो। यसै गरि घर घर सेवा शुभारम्भकाे लागी एउटा स्कुटीको पनि उद्घाटन गरेको थियो। उक्त स्कुटीले घरघरमा गएर बिरामीको चेकजाँच गर्ने र बिरामीलाई सुविधा दिने जानकारी पनि उक्त कार्यक्रममा संचालक अध्यक्षले जानकारी दिए। उक्त सेवा उक्त सेवा अन्तर्गत रगत जाँच सेवा आजवाट सुरु भएनी सुचारु भने फागुन १ गते देखी पूर्णरूपमा सञ्चालनमा आउनेछ।
वेल वीस हेल्थ केयर हस्पताललाई यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरू माणिक राज शाक्य आशाराम महर्जन र आशाकाजी उदासलाई दोसल्ला ओडाई सम्मान समेत गरेका थिए। उक्त कार्यक्रमकाे सञ्चालन हस्पितलकाे कानुनी सल्लाहकार अधिवक्ता अनिल श्रेष्ठबाट भएकाे थियो ।
