एएफसी एसियन कप छनोट अन्तर्गत लाओसको नेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको छ।
यसअघि पहिलो लेगमा पनि लाओससँग २–१ ले हारेको नेपालले दोस्रो खेलमा समेत पुनरागमन गर्न सकेन।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक र गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको केही समयमै अर्थात् ४८औं मिनेटमा लाओसले निर्णायक गोल गरेको थियो।
नेपाली टोलीका नयाँ मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको नेतृत्वमा खेलिएको यो पहिलो खेल सुखद रहन सकेन।
छनोट चरणबाट पहिले नै बाहिरिइसकेको नेपालले मलेसिया कारबाहीमा परेपछि ३ अंक प्राप्त गरेको थियो भने लाओसले ६ अंक जोड्दै आफ्नो यात्रा बलियो बनाएको छ।
