इटालीको लगातार तेस्रो बर्हिगमन: विश्वकपमा बोस्नियाको ऐतिहासिक छलाङ

फुटबल जगतमा फेरि एकपटक ठूलो उलटफेर भएको छ। चार पटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल रहँदा फुटबल जगत स्तब्ध बनेको छ।

मङ्गलबार राति भएको निर्णायक प्लेअफ खेलमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै इटालीको यात्रा समाप्त भएको हो। खेलको १५ औँ मिनेटमा मोइस केनले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए पनि ४१ औँ मिनेटमा एलेसान्द्रो बास्टोनीले रातो कार्ड पाएपछि टोली दबाबमा आएको थियो।

१० खेलाडीमा सीमित इटाली विरुद्ध ७९ औँ मिनेटमा बोस्नियाका ह्यारीस टाबाकोभिकले बराबरी गोल फर्काए।

निर्धारित समयको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा बोस्निया ४-१ ले विजयी भयो।

सन् २०१४ पछि दोस्रो पटक विश्वकपमा स्थान बनाएको बोस्नियाले अब समूह ‘बी’ मा क्यानाडा, कतार र स्विट्जल्यान्डको सामना गर्नेछ।