इन्द्रजात्राको योसिँ लिंगो हनुमानढोका परिसरमा

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ।

परम्परागत रूपमा नेवा: समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिंगो बनाउने काठ काठमाडौं ल्याइन्छ।

चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आज असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्‍याएको हो।

यसलाई एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।

भाद्र शुक्ल द्वादशी आइतबारका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठडयाइएपछि जात्रा सुरू हुन्छ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि यो जात्रा सुरु भएको मानिन्छ।