स्कुलबस दुर्घटनामा तीन जनाको मृत्यु, ४० घाइते (नामावलीसहित)

काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको थियो।
सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको पनि बोहराले बताए।

बुधबार साँझ पौने ५ बजेतिर कात्तिके स्थित साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यी हुन् घाइते
पिपुल्स लाइफ केयर अस्पतामा उपचारार्थ घाइतेहरू

१) फिलिप लामा, वर्ष १०
२) प्रज्ज्वल थापा, वर्ष १०
३) भीम तामाङ, वर्ष ११
४) राम पररियार, वर्ष १६
५) सुजन मगर, वर्ष १६
६) सिरिसा सुवेदी, वर्ष १२
७) प्रकाश बम, वर्ष १६
८) साधन विष्ट, वर्ष १२
९) आराध्या शाह, वर्ष १०
१०) आशिष तामाङ, वर्ष १५
११) स्नेहा राई, वर्ष २१
१२) गंगा ज्योति, वर्ष ४२
१३) रञ्जित थापा, वर्ष १३
१४) सुहाना गुभाजु, वर्ष १३
१५) श्रीशान्त पौडेल, वर्ष १५
१६) कल्पना रेग्मी, वर्ष ३२
१७) विकल्प श्रेष्ठ, वर्ष १०
१८) नाइस्का पाण्डे, वर्ष २३
१९) सुविता तामाङ, वर्ष १४
२०) निशान्त पौडेल, वर्ष १४
२१) सौगात मगर, वर्ष १४
२२) अबित खान, वर्ष १०
(२ जनाको नामवली आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचार्थ
१) आदित्य सुनार, वर्ष १२/१३
२) धीरज साउद, वर्ष १४
३) सन्देश गिरी, वर्ष १३

यसैगरी एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।