ललितपुर -ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।
महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिनु भयो।
उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा गरिएको थियो।
बाहिर बाँस पाइन्छ भनी लेखेर त्यहाँ नदी दूषित गर्ने काम गरिरहेको कारण उक्त संरचना समेत भत्काएको उहाँको भनाइ छ।
