ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर  (ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार मानभवनमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो। 

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ।

उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ।

यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ। महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ। यस्तै विपद व्यवस्थापन डिआरआर सव- सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियाली/पार्क निर्माणमा जोड दिएको छ। त्यस्तै, प्रत्येक वडामा सार्वजनिक शौचालय र  आयोजना बैंक निर्माणमा पनि महानगरले जोड दिएको छ। विपद व्यवस्थापनका लागि ‘पाटन शहर सुत्दैन’ लागू गरिने बजेटमा उल्लेख छ।