वरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

काठमाडौँ – नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवमं प्रकाशक प्रदीपमान श्रेष्ठको  निधन भएको छ । उहाँको ६७ वर्षको उमेरमा आइतबार निधन भएको हो।

आइतबार साँझ आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात  भर्‍याङ्गबाट लडेर घाइते भएको र  उपचारका लागि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठको अन्तिम संस्कार आइतवार राती पशुपतिमा गरिएको छ। 

उहाँले नेपालभाषाको राजमति वाःपौमा प्रधान सम्पादक भएर  विसं २०४८ देखि २०५० सम्म काम गर्नु भएको थियो भने पछि आफ्नै सम्पादन र प्रकाशनमा देसय् मरु झ्याः’ पत्रिका निकाल्नु भएको थियो। जुन पत्रिका २० वर्षसम्म निरन्तर प्रकाशन भएको थियो। उहाँ  राष्ट्रिय समाचार समितिका  संचालक समितिका पूर्व सदस्य पनि हुनुहुन्थ्याे ।