नेपाः राष्ट्रिय पार्टीका पूर्व उपाध्यक्ष डा रमेश कुमार श्रेष्ठको  निधन

नेपाः राष्ट्रिय पार्टीका पूर्व उपाध्यक्ष डा रमेश कुमार श्रेष्ठको  निधन भएको छ । उहाँको हिजो सोमबार अमेरिकाको बोस्टनमा निधन भएको उहाँका छोरा सरल कुमार श्रेष्ठले जानकारी दिनु भएको छ। ।

राजनैतिक शास्त्रका प्राध्यापक भएर उहाँले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयको पाटन संयुक्त क्याम्पस लगायत विभिन्न  क्याम्पसमा अध्यापन गर्नु भएको थियो । नेपाल फिलाटेलिक सोसाइटीको पूर्व अध्यक्ष उहाँले नेपाल स्काउटको पनि पूर्व अध्यक्ष भएर काम गर्नु भएको थियो।