काठमाण्डौं वडा १९ मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

काठमाण्डौं – दशै, तिहार, छठ, नेपाल सम्वतको नयाँ वर्षको अवसरमा काठमाण्डौं महानगरपालिका वडा नम्बर १९ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। वडा कार्यालय परिसर दमाइटोलमा हिजो विहान शुभकामना आदानप्रदान भएको हो।

कार्यक्रमका प्रतिनिधि सभाका सांसद विराज भक्त श्रेष्ठ, प्रदेश सभाका सांसद शैलेन्द्र बज्राचार्य र राजनीतिक दलका नेता, कार्यकर्ता तथा वडा १९ का सर्वसाधारणहरुको उपस्थिति थियो।

वडा १९ ले हरेक वर्ष दशैं, तिहार, छठ र नेपाल सम्वतको नयाँ वर्षको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।