नेप्सेमा २.७९ अंकको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई हजार ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ। पछिल्लो ६ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो। आज तीन सय नौ कम्पनीको एक करोड…

सगरमाथा संवादमा ‘के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?’ भनेर प्रश्न गरेका छन् । ‘सगरमाथा संवाद’ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त प्रश्न गरेका हुन् । ‘सगरमाथा संवाद’ ले सगरमाथाको काखबाट विश्वलाई हिमालको संरक्षण सिंगो…

कांग्रेस र एमालेको सरकारबको बिकल्प नभएको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारको विकल्प नभएको बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका हुन् । उनले कांग्रेस–एमालेको…

नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या आएको होइन: कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएकाे हो ।…

दुई खेल बाँकी हुँदै बार्सिलोनाले जित्यो स्पेनिस लालिगाको उपाधि

बार्सिलोनाले अन्तिम २ खेल बाँकी हुँदै स्पेनिस लालिगा फुटबलको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा लामिन यामालको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले २८ औं ला लिगाको उपाधि जित्न सफल भयो। १७ वर्षीय किशोर यामालले दोस्रो हाफमा उत्कृष्ट गोल र असिस्ट गर्दै…

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका- १० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र…

पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ भाउ घटाएको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ…

बाँकेमा २२ आगलागीका घटना

वैशाखमा जिल्लाका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् । नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो ।…

प्रतिनिधिसभा बैठक : आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । गर्मी शुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौं महानगरपालिका–२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको…

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

ललितपुर।ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ । रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ । लगनखेलको थती टोलबाट…