ललितपुरमा १६ संस्करणको घरेलु प्रदर्शनी (भिडियोसहित)

ललितपुर – ललितपुर महानगरपालिकामा १६ संस्करणको ललितपुर महानगर घरेलु प्रदर्शनी शुरू भएको छ। पुल्चोकमा रहेको महानगरको प्राङ्गणमा हरेक हप्ताको शुक्रबार र शनिबार आयोजना भइरहेको घरेलु प्रदर्शनीको  १६ संस्करणआज शुक्रबार  शुरू भएको हो ।

नेपाल घरेलु साना उद्योग महासंघको ललितपुर महानगर समितिले प्रदर्शनीको आयोजना गरेको हो ।

नेपालभित्र उत्पादन हुने सामग्रीबारे जानकारी दिनु र बजारीकरण गर्नु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको ललितपुर महानगर समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो ।