काठमाडौं – नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको जनाएको छ ।

