corona

कोरोनाबाट थप एक जनाको मृत्यु, ७८ जनामा संक्रमण

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १४८ जनाको नमूना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५० जना संक्रमित निको भएका छन् ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८३ जना पुगेको छ ।