काठमाडौं – काठमाडौँ विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ :११ बजे अवतरण भएको हो ।
विमानले धादिङको धर्केमाथिको आकाशमा केही बेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो । फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । आज बिहान नियमित धावनमार्गमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको दाबी सत्य निकट रहेको अनुमान गरिएको छ ।
