काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरूसँग कविता आव्हान गरेको छ ।
इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा/मातृभाषामा स्वीकार्य हुने प्रतिष्ठानले जनाएको छ ।
प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई वाचनका लागि छनोट गरिनेछ । साथै, छानिएका १० कवितालाई जनही १५ हजार नगद राशिसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

