राष्ट्रिय नेवा: खलः इजरायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन

राष्ट्रिय नेवा: खलः इजरायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन हुनु भएको छ। शुक्रबार तेलअभिभको यसोदामाला  ४४ को हलमा भएको नेवाः खलःको १२ अधिवेशन तथा स्थापना दिवसको कार्यक्रममा प्रधान अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल बज्राचार्य, प्रथम उपाध्यक्षमा टंक श्रेष्ठ, उपाध्यक्षमा अमिरा थापा श्रेष्ठ। महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा राजु श्रेष्ठ चयन हुनु भएको छ।

त्यस्तै कोषाध्यक्षमा प्रविन  श्रेष्ठ, सहकोषाध्यक्षमा सरस्वती श्रेष्ठ, सदस्यहरूमा प्रियङ्का श्रेष्ठ, समिर श्रेष्ठ र राज  प्रजापति चयन हुनु भएको छ।

नवनिर्वाचित अध्यक्ष प्रधानले निवर्तमान अध्यक्ष राजकुमारी  श्रेष्ठ तथा उहाँको कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा इजरायलमा रहेका नेवार समुदायलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

यसै विच राष्ट्रिय नेवा: खलः इजलायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन हुनु भएकोमा वर्ल्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठले बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ।