नेपाली व्यवसायी संघ डेनमार्कको अध्यक्षमा मिलन टि. श्रेष्ठ निर्विरोध चयन

डेनमार्कका उद्योगी व्यवसायीहरूको साझा संगठन नेपाली व्यवसायी संघ डेनमार्कको साधारणसभा सम्पन्न भएको छ । गएको  आइतवार कोपनहेगनमा भएको सभाले मिलन टि. श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चुनेको छ भने उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी र  कोषाध्यक्षमा कुल राज शर्मालाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा नरेन्द्र पौडेल, योगेश भट्टराई, बुद्धी सापकोटा, किसोर प्रसाई  र शुर्वण गौतमलाई निर्विरोध चयन गरेको छ । नविन पौडेल सस्थाको लेखा निरिक्षकमा निर्विरोध चयन हुनु भएको छ ।

सभामा उपस्थित सम्पुर्णले आफ्नो राय सुझाव व्यक्त गरेका थिए।

डेनमार्कमा व्यवसाय गरी रहेका नेपालीहरू आबद्ध यो संस्था सदस्यहरूले व्यवसायीको सिलसिलामा डेनमार्कमा रहदा भोगेका समस्या, अनुभव  साटासाट गरि भविष्यमा अगाडी बढ्नका लागि एक अर्कोलाई सजिलो होस भन्ने मुख्य उद्धेश्यकासाथ स्थापना भएको छ । त्यस्तै संस्थाले  नेपाल, नेपाली वजार र नेपालीलाई डेनर्माकको बजारमा स्थापित गर्ने,  आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदन प्रदान गर्ने, एकै उद्देश्यका ब्यक्तिहरुको साझा भेटघाट गर्ने अवसर जुटाउने, नयां अवधारणा साथ व्यावसायमा संलग्न हुन चाहने व्यक्तिलाई प्रोत्साहन गर्ने, सामूहिक हकहितका सुचना एक आपसमा बाँडने, तेस्रो व्यापारीक पार्टनरसँग वार्गेनिङ्ग पावर बृद्धि गर्न अवसर जुटाउने, नेपालीको पहिचान डेनर्माक समाजमा स्थापित गर्ने उद्धश्य रहेको  संस्थाका अध्यक्ष मिलन टि. श्रेष्ठले जानकारी दिनुभयो ।