वातावरणविद् प्रकाशचन्द्र अमात्यको वार्षिक पुण्य तिथिको अवसरमा सप्ताहव्यापी रक्तदान शुरू

वातावरणविद् तथा एरोशानका कार्यकारी निर्देशक प्रकाशचन्द्र अमात्यको वार्षिक पुण्य तिथिको अवसरमा आजदेखि सप्ताहव्यापी रक्तदान कार्यक्रम सुरु भएको छ। नेपाल रेडक्रस सोइसाइटी महाबौद्व उप-शाखाको आयोजनामा सप्ताहव्यापी रक्तदान कार्यक्रम काठमाण्डौंको जमलमा शुरू भएको हो।सप्ताहव्यापी रक्तदानको शुभारम्भ कार्यक्रममा नेपाल रेडक्रस सोइसाइटी महाबौद्व उप-शाखाका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिती थियो । एक घर एक रक्तदाताका अभियन्ता स्वर्गिय अमात्य महाबौद्व उप-शाखाको सचिव समेत हुनुहुन्थ्यो।

त्यस्तै उहाँ व्यवस्थित सार्वजनिक शौचालय अभियानका अभियन्ता हुनुहुन्थ्यो। स्वयम्भूबाट शुरु भएको व्यवस्थित सार्वजनिक शौचालय अभियान त्रिपुरेश्वर, बानेश्वर, परोपकार, पाटन ढोका, मंगलबजारलगायत आठ ठाउँमा विस्तार भइसकेको छ। ४९ वर्षका उमेरमा उहाँको २०७९ साल भाद्र ३१ गते हृदयाघातका कारण निधन भएको थियो।