काठमाडौँ — जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को १७ औं वार्षिक सम्मेलन नेपालमा शुक्रबारदेखि सुरू हुँदैछ । जोन्टा क्लब अफ काठमाडौं र पोखराको आयोजना हुन लागेको सम्मेलन आइतबारसम्म चल्नेछ ।
सम्मेलनको बारेमा जानकारी दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा बंगलादेश, भारत, नेपाल र श्रीलंका सम्मिलित जोन्टा क्लब डिस्ट्रिक्ट २५ को गर्भनरको भूमिकामा रहनु भएकी श्रीजना राणाले सम्मेलनमा बंगलादेश, भारत, न्युजिल्याण्ड, श्रीलंकासहित १५० भन्दा बढी देशको सहभागिता रहने बताउनु भयो । त्यस्तै सम्मेलनमा महिला सशक्तिकरण, लैगिंक हिंसा र जलवायु परिवर्तनका कारण महिलामा पार्ने प्रभावबारे विचार/विमर्श गरिने उहाँले बताउनु भयो ।


महिला सशक्तिकरण संस्थागत उद्देश्यले अगाडि बढाउन पहिलाेपटक छात्रवृत्ति समेत प्रदान गर्न लागिएको र पहिलो पटक नेपालमा यस्तो सम्मेलन आयोजना हुन लागेको शुक्रबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
