काठमाण्डाै –नेपालभाषा एकेडेमीका पूर्व कुलपति तथा मदन पुरस्कार विजेता नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली) को निधन भएको छ । उहाँको सोमबार काठमाडौंको ओम अस्पतालमा ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।
वि.सं. १९८८ साउन १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा नारायणप्रसाद राजभण्डारीको जन्म भएको थियो। राणा विरोधी आन्दोलनका लागि आफ्नो खास नाम त्यागेर उहाँले चित्तरञ्जन नेपाली राख्नुभएको थियो ।
उहाँलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो । उहाँका ‘जंगबहादुरको कथा’, ‘केही कृति : केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरु’ लगायत पुस्तक पनि प्रकाशित छन् ।
