काठमाण्डाै – हिजो धादिङमा लगातार सात पटकसम्म भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको थियो ।
हिजो बिहान आठ बजेर आठ मिनेटमा चार दशमलव २, आठ बजेर २८ मिनेटमा चार दशमलव ३, आठ बजेर ५९ मिनेटमा चार दशमलव १ रेक्टरस्केलको परकम्प गएकाे गयो ।
यस्तै, दिउँसो चार बजेर ३ मिनेटमा चार दशमलव चार, बेलुका पाँच बजेर ३१ मिनेटमा पाँच र पाँच बजेर ३३ मिनेटमा पाँच दशमलव १ रेक्टरस्केलको परकम्प गयो ।
भूकम्पका कारण आठ वटा घरमा पूर्ण क्षति भएको छ भने ५१ वटा घरमा आशिंक क्षति भएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार लगातार भूकम्प गइरहेकाले नागरिक त्रसित छन् ।
