रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइने

ललितपुृर – ललितपुृरको जावलाखेलमा भोटो जात्रा पछि बुगमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइदैछ । १२ वर्षको जात्रा बाहेक हरेक वर्ष ६ महिना बुगमतीमा र ६ महिना पाटनमा राखिने परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइन लागेको हो ।

ज्योतिषहरुले मच्छिन्द्रनाथलाई पाटनमा ल्याउनको लागि आजको साइत निकालेका हुन् ।

आज बाजागाजा सहित मूर्तिलाई खटमा राखेर दिउँसो ४ बजेतिर पाटनको मच्छिन्द्रबहालमा ल्याउनको लागि तयारी भएको छ भने त्यसको लागि बुंगमतीमा विहानदेखि विशेष पुजा भइरहेको छ।