लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन

काठमाण्डौ – लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन भएको छ । उहाँको ६८ वर्षको उमेरमा हिजो शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ द काठमाडौं पोष्टका पूर्व डेस्क सम्पादकसहित ट्राभेलरस् नेपाल, नेपाल ट्राभल ट्रेड जर्नल लगायतका पत्रिकामा पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले…

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी  – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएको छ। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ…

मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट…

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आइपुग्ने

काठमाडौँ– बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ ।  गएको पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण…

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा…

नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन

ललितपुर – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । हिजो विहिबार पाटनढोकामा रहेको त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको उद्घाटन गर्दै उपप्रमुख डंगोलले यस्तो जोड दिनु भएको…

आज राष्ट्रिय सभा उम्मेदवारको नामावली प्रकाशित हुने

काठमाण्डाै – आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्य चुनाव लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । उम्मेदवारमाथिको उजुरी जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको…

सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन

काठमाण्डाै – सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले निलम्बन गरेको छ । काठमाण्डौ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी…

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा हुने भएकाले दोधारमा नपर्न र परीक्षा…