बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री वज्राचार्यलाई पितृशोक

बागमती प्रदेशका सांसाद एवं पूर्व मन्त्री तथा वज्राचार्य क्लबका संस्थापक अध्यक्ष शैलेन्द्र मान वज्राचार्यलाई पितृशोक परेको छ । वहाँका पिता उत्तम मन बज्राचार्य ७२ वर्षको उमेरमा हिजो उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

दिवंगत वज्राचार्य केही वर्ष अघिदेखि डाइलोसिस गर्दै आउनुभएको हो । वहाँको दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । वहाँको परिवारबाट प्राप्त जानकारी अनुसार पार्थिव शरीरको अन्तिम संस्कार आज आइतबार बिहान १०.३० बजे हुँदैछ ।