धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार बसन्त महर्जनलाई

नेपालभाषा पत्रकारिता क्षेत्रमा कलम चलाउनु भई बुद्धधर्म र बुद्ध शिक्षाको उत्थानमा संलग्न हुनुभएका पत्रकारमध्ये एक जनालाई दिइने गरिएको ‘धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार’ यसपल्ट बसन्त महर्जनलाई प्रदान गरिएको छ ।

नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यका नाममा स्थापित यस पुरस्कारका दाता गायिका सरिता महर्जन हुनुहुन्छ ।नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरको आयोजनामा दिइँदै आइरहेको यस पुरस्कार यस पल्ट धर्मादित्य धर्माचार्यको १२३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।

कार्यक्रममा मुख्य अतिथिको रुपमा बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री प्रेमभक्त महर्जनज्यू हुनुहुन्छ । कार्यक्रममा बौद्ध शिक्षा अध्ययनकर्ता तथा लोकप्रिय पत्रकार नरेश वीर शाक्यले नेवार पत्रकारिता क्षेत्र सय वर्ष पुगेको अवसरमा एक कार्यपत्र नं प्रस्तुत गर्नुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरका अध्यक्ष मन्जु बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमअघि बिहान पूल्चोक, ललितपुरमा नेवाः पत्रकार राष्ट्रिय दबू र मांभाय् पुचःको संयुक्त आयोजनामा धर्मादित्य धर्माचार्यको प्रतिमामा फूल अर्पण गर्ने कार्यक्रम पनि भएको छ । उक्त कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जन मुख्य अतिथिको रुपमा संलग्न हुनुभएको छ । कार्यक्रममा असंख्य भाषाअनुरागी ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।