केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै छ।
गृह मन्त्रालयमा दिउँसो १ बजे बस्ने बैठकमा रसुवामा आएको बाढीले पुर्याएको क्षति र सुरक्षाका विषयमा छलफल गरिने जनाइएको छ।
यसअघि गृहमन्त्री रमेश लेखक प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाएपछि बालुवाटार पुगेका हुन्। अर्थमन्त्री विष्णु पौडेल पनि आज बाढी प्रभावित क्षेत्रमा पुग्दै छन्।
चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण रसुवागढीमा भारी मात्रामा आएको बाढीका कारणले तीन जना प्रहरीसहित १८ जना वेपत्ता भएका छन्।
