शेयर बजार दाेहाेराे अङ्कले बढेर २ हजार ८ सय ९२ विन्दुमा, काराेबार रकम भने घट्याे

हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ७६ अङ्कले बढेर २ हजार ८ सय ९२ दशमलव ७२ विन्दुमा पुगेकाे छ । शेयर बजार लगातार पाँचाैं काराेबार दिन बढेकाे हाे ।

याेसँगै नेप्से झन्डै ११ महिनायताकै उच्च विन्दुमा पुगेकाे छ । गएकाे भदाै ९ गते नेप्से २ हजार ८ सय ९२ विन्दुमा रहेकाे थियाे ।

आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ९३, अन्य समूहको शेयर १ दशमलव ८४ प्रतिशतले उकालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने उल्लेख्य घटेकाे छ । हिजो ११ महिनायताकै उच्च २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ३ करोड ५६ लाख कित्ता शेयर १६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।