बहुमुखी प्रतिभाका धनी कलाकार स्व: स्वतन्त्र संसार महर्जनको सम्झनामा श्रध्दाञ्जलि सभा हुदै छ। संसार क्रियसन्स नेपालका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जन गत असार २७ गते असमायिक निधन भएको थियो ।
श्रध्दाञ्जलि सभा संसार क्रियसन्स नेपालको आयोजनाम हुने भएको छ। येही आउने २०८२ साउन ९ गते शुक्रवार कीर्तिपुर सिनेप्लेक्स, कीर्तिपुर पाङ्गमा बिहान ७:३० बजे सुरुहुने जानकारी परिवारले दिएको छ।
आँट, साहस र धैर्यको प्रतीक मानिने स्वतन्त्र संसार महर्जनले नेपाली तथा नेपालभाषाको कला र कलाकारिताको उत्थानमा अतुलनीय योगदान रहेको छ । तसर्थ सबै जना उक्त श्रध्दाञ्जलि सभामा उपस्थिति हुने आशा परिवारले लिएको छ।
