रवि लामिछाने कारागारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार कारागार गएका छन् । उनी ललितपुरको नक्खु कारागार गएका हुन् ।

जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।

शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएर उनी कारागार पुगेका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका छन् । एक घण्टाअघि नै उनि आएको उनले जानकारी दिए ।

जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।