झापा धाइजनमा ट्रक र सुमो ठोक्किए, पाँचजना घाइते

झापा- झापा बुद्धशान्ति –३ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा ट्रक र सुमो ठोक्किदा पाँच जना घाइते भएका छन् ।

गएराति ८.३० बजे बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको डब्लुबी ७६६७५२ न.को भारतीय सुमो र बिपरित दिशाबाट जाँदै गरेको मे.१ख.३३६७ न. ट्रक एकआपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा सुमो चालक भारत दार्जेलिङ बस्ने बर्ष४६ का बिसन साशंकर,सुमोमा सवार यात्रुहरु भारत नक्सलबारी बस्ने बर्ष ४३ का शेखर गहतराज, दार्जीलिङ बस्ने बर्ष ३७ का एसदिप साशंकर, झापा बुद्धशान्ति –३ बस्ने बर्ष ३७ का घनश्याम बि.क. र सडकमा हिँड्दै गरेका पैदलयात्री बुद्धशान्ति –३ बस्ने बर्ष ६५का हिरालाल चौधरी घाइते भएका छन् ।

पैदलयात्री चौधरीलाई ट्रकले ठक्कर दिएको हो । पाँचै जना घाइतेहरुलाई उपचारका लागि भागिरथा न्यौपाने अस्पताल बुधबारे लगिएको थियो ।

बिसन साशंकर,शेखर गहतराज,एसदिप साशंकर,घनश्याम बिकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

पैदलयात्री चौधरीलाई बचाउन खोज्दा ट्रक सुमोसँग ठोक्किएको बताइएको छ ।