काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
जारी प्रतियोगितामा चितवनले ३ खेलबाट २ जित र १ हार भोग्दा काठमान्डुले ४ खेलमा २ जित र २ हार भोगेको छ। दुवै टोलीको समान ४ अङ्क रहेपनि नेटरनरेटमा चितवन अघि रहँदै तेस्रो स्थानमा छ।
काठमान्डुले आफ्नो अघिल्लो खेलको प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन्।
चितवनले भने आजको खेलमा अघिल्लो खेलको प्लेइङ ११ मा रहेका अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाललाई टिममा फर्काएको छ।
