दार्चुला- दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ।
दार्चुला जिल्लाको घुसा नजिक आज बिहान ८:२८ बजे धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्रका अनुसार त्यहाँ ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। यो कम्पनले आसपासका क्षेत्रमा हल्का धक्का महसूस गरिएको थियो।
प्रारम्भिक रिपोर्टअनुसार अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन।
