करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा २८ वर्षीया हरिना चौधरीलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।