शान्ति र करुणाको सन्देश फैलाउन महाबौद्धमा “महा परीत्राण २०८२“

काठमाडौँ पौष ८ । हाल देश तथा विदेशमा भइरहेका हिंसा तथा अशान्तिलाई रोक्ने कामना सहित शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले यही मिति २०८२ पौष १२ गते शनिबारका दिन काठमाडौँको विर अस्पताल पछाडि रहेको महाबुद्ध महाविहारमा काठमाडौँ बुद्ध शान्त पार्क…

काठमाडौँमा सुमन सायमी र रविन्द्र कुमार श्रेष्ठ प्रत्यक्ष तर्फको उम्मेदवार

काठमाडौँ, पुस ८ गते । राष्ट्रिय मुक्ति पार्टि नेपाल काठमाडौँ जिल्ला समितिले आगामी चुनावको लागि प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा सडक विस्तार आन्दोलनका अभियन्ता एवं राष्ट्रिय मुक्ति पार्टि नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई काठमाडौँ क्षेत्र नं. ८ र…

आगो निभाउने ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल

काठमाडौं ।जुद्ध बारुण यन्त्र भक्तपुरले ठूला भवनमा आगो नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको छ । सोमबार यहाँ चीनको गोञ्जाओ सिभिल एभिएसन कलेजका प्रतिनिधीको टोलीसँग छलफल भएको हो। चिनियाँ टोलीमा सहभागी टिन जु, हि याङविन,  वाई जिनकुन, यान झियानलगायतले…

ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको बताएका छन्।

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवारी दर्ता गर्ने बेलामा मन्त्रीबाट राजीनामा दिने संकेत गरे। उनले भने, ‘जुन बेला हामी चुनावमा जान्छौँ, उम्मेदवारी दर्ता गर्ने समय आउँछ। उपयुक्त समयमा आवश्यक…

कर्णालीमा फोर्स गाडी दुर्घटना

हुम्ला- जमुना-हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन्। कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो। रास्कोट नगरपालिका- ८ अन्तर्गत पर्ने करिडोरको ‘नडी’ भन्ने स्थानमा उक्त दुर्घटना…

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख…

सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी ‘ब्लु चिप’ कम्पनीको रूपमा मानिन्थे। धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय अवस्था रहेका कम्पनीहरूलाई सेयर बजारमा ‘ब्लु चिप’ कम्पनी भनिन्छन्। पछिल्लो…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र…

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व…

‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’आयोजना हुने

पोखरामा आगामी माघको दोस्रो सातादेखि प्रतिष्ठित ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’ को छैटौं संस्करण आयोजना हुने भएको छ। काठमाडौं ।ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ७–७ गरी कुल १४ टिमको सहभागिता रहनेछ। यसपटक…