राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।
पार्टीमा प्रवेश गर्दा नै भावी प्रधानमन्त्रीको रूपमा हेरिएका शाहलाई निर्विरोध नेता छान्न लागिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्ट पार्नुभयो।
उहाँका अनुसार पार्टीभित्र शाहको उचाइ र आवश्यकतालाई मध्यनजर गर्दै कुनै मतदान नगरी सर्वसम्मतिको बाटो रोजिएको हो।
रास्वपाका वरिष्ठ नेतासमेत रहनुभएका शाहलाई औपचारिक रूपमा चयन गर्न आगामी चैत्र १२ गते केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ।
सोही दिन नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुने कार्यक्रम छ भने त्यसको भोलिपल्टै अर्थात् चैत्र १३ गते रास्वपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढाउने बुझिएको छ।
