लमजुङ – हिउँदे वर्षाको निहुँमा मध्यपहाडी लोकमार्ग फेरि एकपटक ठप्प भएको छ। मध्यनेपाल नगरपालिका–१०, विमिरे भञ्ज्याङमा गएरातिदेखि खसेको पहिरोले बिहानैदेखि यातायात पूर्ण रूपमा बन्द गराएको छ। सामान्य वर्षा हुनासाथ सडक बन्द हुने नियतिले लमजुङवासीले लामो समयदेखि सास्ती खेप्दै आएका छन्।…
